योगामाथिको ३० वर्ष लामो बन्देज हट्यो



वासिङ्टन, एजेन्सी

अब अमेरिकाको अल्बामाका सरकारी विद्यालयहरूमा निर्धक्कसँग विद्यार्थीहरूलाई योगा सिकाउन पाइने भएको छ । दक्षिणी राज्य अल्बामामा झन्डै ३० वर्ष अघिदेखि विद्यालयमा योगा सिकाइमाथि लगाइँदै आएको प्रतिबन्ध फुकुवा गरिएको हो ।

योगाको सम्बन्ध हिन्दू धर्मसँग रहेको भन्दै सन् १९९३ देखि यस राज्यको शिक्षा विभागले योगामाथि बन्देज लगाएको थियो । यस प्रतिबन्ध हटाउनका लागि एकजना डेमोक्रेट विधायकले तेश्रोपटक पेस गरेको विधेयक राज्यका रिपब्लिकन विधान सभा र गभर्नर दुवै अनुमोदन गरेका छन् । तर, नयाँ विधेयकमा योगाका शारीरिक तन्काइ र आसनहरू सीमित गरिएका छन् भने गैरअंग्रेजी र पूर्वीय दर्शन तथा धार्मिक तालिमसम्बन्धी कुनै पनि बयान गर्न भने बन्देजै गरिएको छ ।

कुनै हिन्दू मन्त्र र ‘ओम’ उच्चारण तथा संस्कृत भाषाको शब्द ‘नमस्ते’ को प्रयोगमाथि पनि प्रतिबन्ध यथावतै राखिएको छ । बिहीबार गभर्नर के इभिले यस विधेयकमाथि हस्ताक्षर गरेका हुन् । योगा सिकाउने वा नसिकाउने भन्ने अन्तिम निर्णय अधिकार स्थानीय विद्यालयहरूलाई नै दिइएको छ ।योगा भनेको हिन्दू धर्मसँग सरोकार राख्ने भन्ने जानकारी दिनका लागि आफ्ना सन्तानलाई योगा सिकाउने अनुमति पत्रमा सम्बन्धित अभिभावकले पनि हस्ताक्षर गर्नुपर्ने बताइएको छ ।पूर्व फुटबल खेलाडी तथा आधिकारिक योगा प्रशिक्षक पनि रहेको डेमोक्रेटिक विधायक जेरेमी ग्रेले विधयेक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्