पूर्वप्रहरीको बगैँचामा ८ शव फेला



सान साल्भाडोर, (एजेन्सी)

एल साल्भाडोरमा एकजना पूर्व प्रहरी अधिकारीको घरको बगैंचामा भेटिएको सामुहिक चिहानमा कम्तिमा आठवटा शव फेला परेको सरकारी अधिकारीहरुले बताएका छन् । त्यहाँ अझै अन्य चिहान र शवहरु फेला पर्न सक्ने अनुमान गरिएको छ । भेटिएका अधिकांश शव महिला तथा बालिकाहरुको हुन सक्ने अनुमान गरिएको छ । अन्य शव निकाल्न अर्को महिना लाग्न सक्ने बताइएको छ ।

प्रहरीले यस सामूहिक चिहानले विगत एक दशक भित्र चलिरहेको गोप्य आम हत्याकाण्डको पर्दाफास हुनसक्ने बताएको छ । यौनका लागि महिला तथा बालिकाको सबैभन्दा बढी हत्या हुने ल्याटिन अमेरिकी मुलुकहरु मध्ये एल साल्भाडोर पनि एक हो । उक्त घरका मालिक ५१ बर्षीय ह्युगो अर्नेस्टो ओसोरियो चाभेजलाई यसै महिना ५७ वर्षिया एक महिला र उनकी २६ वर्षिया छोरीको हत्या गरेको अभियोगमा चाल्चुआपा शहरमा प्रहरीले पक्राउ गरेको थियो । विगतमा पनि यान अपराधको अभियोगमा अनुसन्धानको दायरामा परिसकेका उनले प्रहरी समक्ष ति दुवैको हत्या गरेको स्विकारेका थिए ।

तर अनुसनधानकै क्रममा राजधानी सान साल्भाडार देखि करिव ७८ किलो मिटर उत्तरमा पर्ने उनको घरमा खानतलाशी लिइँदा कम्तिमा सात स्थानमा लाश गाडिएको संकेत प्राप्त भएको थियो । केहि चिहान केवल दुइ वर्ष मात्र पुरानो देखिएको फोरेन्सिक टोलिले दावी गरेका छन् । यस घटनाले त्यहाँ हत्याको सिलसिला झण्डै एक दशकदेखि चलिरहेको हुनुपर्ने सरकारी सुत्रले जनाएको छ ।

शुक्रवार सरकारी वकिल म्याक्स मुनोजले एउटै चिहानबाट फेला परेका आठवटा लाशको डिएनए परिक्षण गरेर पीडितको सनाखत गरिने बताएका छन् । शुरुमा सरकारी अधिकारीहरुले त्यहाँ २४ वटा शव भेटिएको बताएका थिए । ला प्रास्ना अखवारले एल साल्भाडोरका राष्ट्रि यप्हरी निर्देशक माउरिसियो एर्रियाजा चिकासलाई उदरित गर्दै पुर्व प्रहरी तथा सेना र मानव तश्करहरु गरी कम्तिमा दसजना विरुद्ध अपराधको अभियोग लगाइएको जनाएको छ । चिकासले अनुसन्धानको क्रममा चाभेजले पीडितहरुलाई सामाजिक संजालमा अमेरिका पु-याइदिने लोभ देखाउने गरेको प्रमाण फेला परेको पनि बताएका छन् । शव निकालिदै गर्दा आफन्त हराएका दर्जनौँ व्यक्ति चाभेजको घर बाहिर भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्