इजरायल र हमासबीच युद्धविराम



जेरुसेलम ।

गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकु समुह हमासबीच युद्धविराम शुरु भएको छ । शुक्रवार बिहान देखि युद्धविरामा लागु भएपछि २ सय ५० जनाको भन्दा बढिको ज्यान जानेगरी ११ दिन देखि चल्दै आएको युद्धको अन्त्य भएको छ ।

मारिने मध्ये अधिकांश गाजा क्षेत्रका रहेका छन् । इजरायल तथा हमास दुवैले यस युद्धमा बिजय हासिल गरेको दावी गरेका छन् । तर शुक्रवार नै अधिनस्थ पुर्वी जेरुसेलमको अल – अक्स मस्जिद परिसरमा युद्ध विराम पछिको पहिलो भिडन्त शुरु भएको छ । इजरायली प्रहरी प्रवक्ता मिकी रोजनफेल्डले प्यालेस्टाइनीहरुले प्रहरी अधिकारीमाथि ढुंगामुढा गर्न थालेपछि त्यसको प्रतिकार गरिएको बताएका छन् ।

विहिवार राति इजायली राजनीतिक सुरक्षा विभागले सर्वसम्मतले युद्ध विरामको प्रस्ताव पारित गरेको थियो । तर चाँडै युद्ध विराम गरिएको भन्दै इजरायलमै केहि व्यक्तिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्