रिहा भएका जापानी पत्रकार भन्छन् – ‘म्यानमारमा भईरहेको सबै कुरा लेख्न सकिन’



टोकियो, जापान ।

म्यानमार शैनिकद्वारा बन्दी बनाईएका जापानी पत्रकार किताजुमी युकि अन्तत: हिजो (शुक्रवार) जापान आईपुगेका छन् । करिब १ महिनापछि, उनलाई रिहा गरिएको हो । म्यानमारमा फ्रिलान्सर पत्रकारको रुपमा कार्यरत किताजुमीलाई, सैन्य ‘कु’पछि, त्यहाँको गतिविधिहरुबारे समाचारमा भ्रम फैलाएको अभियोगमा सेनाले कब्जामा लिएको थियो । उनलाई कब्जामा लिएको खबरहरु सार्वजनिक भएपछि, यस अघि जापान सरकारले बिना शर्त तुरुन्त रिहाई गर्नका लागि माग गरेको थियो। सरकारको बिनाशर्त रिहाई मागको बाबजुद पनि म्यानमार सैनिकले भ्रामक समाचार लेखेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

रिहाई पश्चात शुक्रवारनै जापान आईपुगेका किताजुमीले नारिता विमानस्थलमा संचारकर्मिहरु आफ्नो अनुभव राख्दै भने, ‘ म यान्गुनमा जे भईरहेको थियो, त्यो लेख्न चाहन्थेँ, म निराश छु,मैले त्यो पुरा गर्न सकिनँ ।’ यद्यपि उनले अब केहि समय जापानमै रहेर भएपनि म्यानमारको बारेमा रिपोर्टिङ् गर्ने बताएका छन् । किताजुमीले भनेका छन्, ‘मसँग म्यानमारका जनताहरुले विश्वलाई सुनाईदिनका लागि अनुरोध गरेका थप्रै कुराहरु छन् । म त्यहि कुराहरु सबै विश्वभर छरिएर रहेका म्यानमार नागरिक तथा समग्र मानिसहरु समक्ष पुर्याउने प्रयास गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्