केवल १८ शब्दमा डा. उपाध्यायको गीत



विश्वकै सबैभन्दा कम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राखेका छन्। उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराई यो विश्व रेकर्ड बनाएका हुन्। १८ शब्दको गीतमा भनिएको छ ।

नढाँटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्किनु धड्कन बनी
छातीमै निदाउनु तिमी।

गीत लिरिकल भिडियोसहित सार्वजनिक गरिएको हो। सागर अधिकारी ‘शरद’ को स्वर र संगीत रहेको गीतमा देवेन्द्र नेवाःको संगीत संयोजन रहेको छ। यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीततर्पm वल्र्ड रेकर्डमा सूचीकृत भएको छ। डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित सर्वाधिक विश्व रेकर्ड कायम गरिसकेका छन्। उपाध्यायले विभिन्न ५१ विधामा विश्व कीर्तिमानी काम गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्