विद्यालयमा गोली चल्दा आठको मृत्यु, दर्जनौँ घाइते



मस्को, एजेन्सी ।

रुसी शहर काजानस्थित एउटा विद्यालयमा मंगलवार गोली चल्दा एक शिक्षक र सातजना बालबालिका मारिएका छन् । २० जना भन्दाबढी घाइतेमध्ये अधिकांश बालबालिका नै रहेको प्रहरीले जनाएको छ ।यस घटनामा संलग्न रहेको आशंकामा एकजना १९ वर्षीय युवकलाई गिरफ्तार गरिएको छ ।

राजधानी मस्कोदेखि झण्डै ८ सय २० किमि पुर्वमा पर्ने स्कूल नम्बर १७५ मा भएको उक्त घटनाप्रति प्रधानमन्त्री मिखाइल मिसुस्तिनले गहिरो दुख व्यक्त गरेका छन् । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको बन्दुक नियन्त्रण कानुनमाथि पुनरावलोकन गरिने बताएका छन् । रसियाका विद्यालयहरुमा यस्तो घटना विरलै घट्ने गरेको छ । यसअघि सन् २०१८ मा पनि रसिया अधिनस्थ क्रिमियाको एउटा विद्यालयमा गोली चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्