कोभिड परिक्षण उपकरण धोएर पुन बेच्नेहरु पक्राउ



जकार्ता,(एजेन्सी)  ।

इन्डोनेसियाको एउटा फर्मास्युटिकल कम्पनीका थुप्रै कर्मचारीलाई प्रहरीले बुधवार कोभिड १९ को नजल स्वाब टेस्ट गर्ने उपकरणहरु पखालेर पुन बिक्रि गरेको अभियोगमा गिरफतार गरेको छ । प्रहरीका अनुसार इन्डोनेसियाको मिदान विमानस्थलमा करिव ९ हजार यात्रुको स्वाब त्यसरी प्रयोग भइसकेका स्टिकबाट परिक्षण गरिएको हो ।

सरकारी स्वामित्वमा रहेको किमिया फर्मा कम्पनी माथि अब ति पिडित याुत्रुहरुबाट क्षतिपुर्तिको माग सहित मुद्धा दायर हुने प्रवल संभावना रहेको छ । विश्वभरि कोरोना भाइरसको महामारी फैलिरहेको वर्तमान स्थितीमा अधिकांंश मुलुकमा कोभिड नजल स्वाब टेस्टलाई नियमित बनाइएको छ ।प्रहरीले उत्तरी सुमात्राको मिदान स्थित कुआलानामु विमानस्थलमा गत डिसेम्वर देखि यो अवैध धन्दा चलिरहेको हुनुपर्ने अनुमान गरेको छ । तर प्रहरीले यो रहस्य कसरी पत्ता लगाइएको भन्ने विषयमा केहि बोलेको छैन । यात्रुहरुले उडान अनुमति पाउन स्वाब टेस्ट नेगेटिभ भएके देखाउनु पर्दछ । त्यसका लागि विमनस्थलमै ततकाल स्वाब टेस्ट गराउने व्यवस्था गरिएको छ । विमानस्थल प्रशासनले किमिया फर्माद्वारा उपलब्ध गराइने एन्टिजेन -यापिड टेस्ट किट्स प्रयोग गर्ने गरेको छ ।

गत साता प्रहरीले किमिया फर्माका पाँच जना कर्मचारी लगायत कम्पनीको मिदानका लागि म्यानेजरलाई प्रहरीले पक्राउ गरेको थियो । ति आशंकित अपराधिहरुले नजल स्वाब स्टिहरु धोएर पुन प्याकेजिंग गरी बेचेर स्वास्थ तथा उपभोक्ता कानुन तोडेको बताइएको छ । स्थानिय संचार माध्यमका अनुसार सरकारी सुरक्षा निकायहरुले २३ जना प्रत्यक्षदशीबाट बयान संकलन गरेका छन् । यस घृणित कार्यबाट तिनीहरुले करिव १ लाख २४ हजार ८ सय अमेरिकी डलर कमाएको अनुमान गरिएको छ । यसमा संलग्न मध्ये एकजनाले सोही पापको पैसाबाट भव्य घर बनाएको देखिएको छ ।

केहि महिना यता मलेसियाको क्वालालम्पुर विमानस्थल हुँदै पटक पटक इन्डोनेसियाको यस मिदान विमानस्थल पुगेका दुईजना इन्डोनेसियाली वकिलले यसै साता मात्र किमिया फर्मा विरुद्ध क्षतिपुर्ति लिने योजना बनाइरहेको खि साउथ चाइना मर्निंग पोस्टले जनाएको छ । त्यसैगरी यसै साताको शुरुमा पहिलो चोटि इन्डोनेसियामा भारतमा देखिएका नयाा विकसित रुपको कोरोना भाइरसको दुई घटना फेला परेको तथ्य सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्