अक्सिजन अभावबाट २२ कोभिड बिरामीको मृत्यु



नयाँदिल्ली,(एजेन्सी) । 

अक्सिजन आपूर्तिमा चुहावट भएको कारण भारतमा कम्तीमा बाइसजना कोभिड १९ का बिरामीको ज्यान गएको छ । बुधबार नासिक शहरस्थित जाकिर हुस्सेन अस्पतालमा एउटा स्टोरेज टेङ्करमा एउटा अक्सिजन टेङ्करबाट रिफिलिङ भइरहँदा यस्तो दुखद घटना घटेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

तर, दुर्घटना कसरी भयो र बिरामीहरूलाई अक्सिजन आपूर्ति कसरी रोकियो भन्ने स्पष्ट भइसकेको छैन ।सरकारी अधिकारीहरूले भने भेन्टिलेटरहरूमा करिब तीस मिनेटसम्म अक्सिजन प्रवाह रोकिएपछि तिनीहरूको मृत्यु भएको बताउँछन् ।नसिक शहरका महानगर आयुक्त कैलाश जाधवले यस विषयमा गम्भीर छानविन हुने बताएका छन् ।

अक्सिजन स्टक सकिएपछि अस्पतालले रिफिलिङका लागि अक्सिजन टेङ्करहरू बोलाएको थियो । यस घटनामा आफ्नी हजुरआमा गुमाएका अमोल व्याभारेले अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिइनु पर्ने बीबीसी मराठीलाई भनेका छन् । नासिक भारतको सबैभन्दा कोरोना महामारी ग्रस्त शहरहरूमध्ये एक हो । त्यहाँ अक्सिजनको पनि निकै अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्