सरकारले वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय



न्युज अफ नेपाल काठमाडौं ।

सोमबार बिहान बसेको  मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय  वैशाखभर सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न आदेश दिएको थियो  । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को सिफारिस अनुसार सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्