स्तनको शल्यक्रिया गराएका दुई महिला पक्राउ



डब्लिन, (एजेन्सी) । 

चिकित्सकीय पर्यटन भ्रमणपछि दुबईबाट फर्केपछि क्वारेन्टाइन होटेलमा बस्न अस्वीकार गर्ने आयरल्यान्डका दुईजना महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । ३० वर्षीया किस्र्टी म्याकग्राथ र २५ वर्षीया नियाम्ह मल्रिनी संयुक्त अरब इमिरेटस्बाट २ अप्रिलमा डब्लिन विमानस्थलमा आइपुगेको आइरिस राष्ट्रिय समाचार इडिपेन्डेन्टले जनाएको छ । क्वारेन्टाइन होटेलमा बस्न अस्वीकार गर्दै तिनीहरू डब्लिनको सान्ट्रिस्थित बाल्लीमुन गार्डा स्टेसनमा पुगेको बताइएको छ ।

तिनीहरू दुवैविरुद्ध आयरल्यान्डको वर्तमान स्वास्थ्यसम्बन्धी कानुन तोडेको अभियोग लगाइएको छ । गत मार्चको उत्तरार्धमा आइरिस स्वास्थ्य निकायले कोरोना भाइरस संक्रमणको खतरा रहेको मानिएका राष्ट्रहरूबाट आएका यात्रुहरूलाई होटेल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।उक्त निकायले सार्वजनिक गरेको ८४ वटा खतरनाक राष्ट्रको सूचीमा संयुक्त अरब इमिरेटस पनि परेको हो । यस्तो खतरनाक मानिएका मुलुकको ट्रान्जिटमा मात्र बसेकाले समेत १४ दिन लामो क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनेको थियो । तिनीहरू दुबईमा स्तनको आकार बढाउने शल्यक्रिया गराएर फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्