लकडाउनले रोकेन रविलाई



फिल्म, म्युजिक भिडियो वा डकुमेन्ट्री सबै विधाका लागि निर्माता निर्देशकका रोजाइ बनेका छन् रवि कोइरला।डेढ दशकयता क्यामरासँग खेल्दै आएका उनी पर्दा पछाडि बसेर फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्रीलाई सुन्दर बनाइरहेका छन्। पछाडि बसेर कलाकारहरूलाई अगाडि ल्याइरहेका छन्।

साविकको शारदानगर गाविस–९ चन्द्रनगरमा जन्मिएका ४६ वर्षीय कोइरालाले डेढ दर्जनभन्दा बढी फिल्मको छायांकन गरी आप्mनो छायांकन कला प्रदर्शन गर्दै आएका छन्। हाल भरतपुर १२ नौरंगे स्थायीबासी कोइरालाले शुरुका केही समय गृहनगर चितवनमा रहेर त्यहाँबाट निर्माण हुने फिल्म, म्युजिक भिडियोलगायतबाट आप्mनो छायांकन कलालाई बाहिर ल्याए। व्यावसायिक छायाँकारको औपचारिक प्रशिक्षणपछि उनी निरन्तर छायांकन पेसामै व्यस्त हुन पुगे।

समयअनुसार भित्रँदै गएको प्रविधिसँग आफूलाई परिमार्जित गर्दै लैजान सकेका कारण आफूले यो क्षेत्रमा निरन्तरता दिन सकेको रविको अनुभव छ। ‘यो क्षेत्रमा प्रविधिसँग अपडट भइरहनुपर्छ। यो चुनौती र अवसर दुवै हो। हिजो रहरैले क्यामेराम्यान भएको थिएँ। प्रविधिसँग अपडेट हुन सकेकै कारण आज यसै क्षेत्रमा टिकेको छु र यसैबाट घर–परिवार धान्न सम्भव भएको छ।’ –रविको भनाइ छ।राजा, तिमीबिना मलाई जिउनु छैन, हिरासत, अन्नदाता, बीच बाटो, अफिसर, निर्जला, सूर्यास्त, कमिना, वीरबहादुर दंग पर्छ, लावारिस, जोस जस्ता फिल्म छायांकन गरेर उनले आप्mनो छायांकन कला माभ्mदै आएका छन्। बीच बाटो, जोस, खतरनाक, बादशाहबाट त राष्ट्रिय अवार्ड नै उचाले।

कोरोनाका कारण फिल्म निर्माणका काम ठप्पप्रायः हुन पुगे। कोरोना जोखिमका कारण लगाइएको लकडाउनले थुपै्र कलाकार तथा प्राविधिक प्रभावित बन्न पुगे। कतिपय त कामविहीन नैै बन्न पुगे। तर, तामाङ, थारूलगायत फिल्मसमेत खिच्दै आएका रविलाई भने न कोरोनाले रोक्न सक्यो, न कोरोना जोखिमका कारण लगाइएको लकडाउनले नै रोक्न सक्यो। उनलाई त बरु भ्याई–नभ्याई नै भयो। कोरोना कहरका बेलामा समेत उनले म्युजिक भिडियो, टीभीसीलगायतबाट आफूलाई क्रियाशील राखे।

प्रतिक्रिया दिनुहोस्