फिमेलले र्‍याप गाउने हिम्मत गरेनन्, मैले मेरो एक्सको छम्मा गाइदिएँ : सिर्जना खत्री



  • रश्मी थापा

हाउडे माया बोलको गीत गायनपछि हाउडे मायाको नामले परिचित गायिका सिर्जना खत्री मेरो एक्सको छम्मा बोलको गीत गाएपछि एकसाथ विवाद र चर्चाको शिखरमा पुगिन्। करिब आधा दशकको सांगीतिक करिअरमै लोकपप, लोकदोहोरी, आधुनिक तथा र्‍याप शैलीका गीतहरु फरक फ्लेभरमा पस्किँदै दर्शक स्रोतालाई मनोरञ्जन प्रदान गर्दै आइरहेकी सिर्जनाको हाउडे मायाबाट शुरु भएको गीत गायन करियरले नौटंकी माया, लाहुरे माया, डबल माया, मेरो एक्सको छम्मादेखि लिएर तिम्रै प्यारी अर्धाङ्गिनी हुँदै डान्स इज माई प्यासनसम्म पुग्दा नयाँउचाइ लिइरहेको छ। उनै गायिका तथा मोडल सिर्जनासँग गीत–संगीतका बारे गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुुनुहुन्छ ?

गीत रेकर्डिङ तथा आउन लागेको नयाँगीतको म्युजिक भिडियो सुटिङमा व्यस्त छु। अफर आएका अरूका गीत पनि गाइरहेको छु। केही दिनअघि प्रकाश ओझा दाइसँगको कमेडी शैलीको गीतमा र्‍याप गाएकी छु भने शुक्रबार डान्स इज माई प्यासन भन्ने गीत रिलिज भयो।

गीत–संगीतकै काममा व्यस्त छु। अब एउटा गीतको रेकर्डिङ सकाएपछि केही समय ब्रेक लिएर विशेष किसिमको केही चिज ल्याउने योजना बनाएको छु।

यति राम्रा गीत गाउने क्षमता राख्ने तपाईं किन विवादास्पद गीततिर लाग्नुभयो ?

मैले विवादास्पद गीत गाउँछु भनेर गाएको होइन। मैले गाएको मेरो एक्सको छम्मा गीतलाई कतिपयले गीतको मर्म नै नबुझी मजाकमा लिनुभयो। त्यस कारण त्यो गीतले भन्न खोजेको कथा कसैले बुझ्ने मौका नै पाएन। त्यो गीतमा प्रेममा धोका खाएकी युवतीले आफ्नो पीडा पोखिरहेकी छे।

तर, मानिसहरुले गीतमा भनिएको कथाको मर्म नबुझी त्यो गीतको केही पार्ट र एक-दुई वटा शब्दलाई मात्र लिएर मूल्याकंन गरिदिनुभयो। डबल माया, लाहुरे मायाजस्ता राम्रा गीत गाउने तपाईंले मेरो एक्सको छम्माजस्तो गीत गाउनु जरुरी थियो ररु
मेरो एक्सको छम्मा नराम्रो गीत होइन। गीतको कथामा देखाइएको एक पात्रचाहिँनराम्रो भनिएको हो।

एक त म फिमेल भएर र्‍याप शैलीको गीत गाउनु नै मानिसहरुका लागि अनौठो भयो। र्‍याप गाउने आँट गरेर आगडि आउने फिमेल कम नै छन्। मैले उक्त गीतमा स्टोरी भनेको हो। कुनै स्टडी नै गरेर हिपहप जनरामा गाएको पनि हैन। आफ्नै स्टाइलमा र्‍याप शैलीमा गाएको थिएँ। एक्कासि फिमेलको भ्वाइसमा यस्तो खालको गीत आएपछि मानिसहरुले ट्रोल र रोस्ट गर्न थाले। त्यही लाइनमा गएर ट्रोलहरु बन्दै गए र सबै जना हावाहुरीको पछि लागेर गीतले भन्न खोजेको कुराचाहिँमजाक बन्यो।

त्यो गीतबाट यतिको विवादको सामना गर्नुपर्ला भनेर सोच्नुभएको थियो ?

केही पनि सोचेको थिइनँ। लकडाउनका बेला गीत–संगीतमा केही गरेको थिइनँर अब केही गर्नुप¥र्यो भनेर आफैंले कथा लेखेर उक्त गीत तयार गरेको थिएँ।

यो गीत दर्शकले मन पराए भने ठीकै छ नभए पनि युट्युबलाई कन्टेन्ट हुन्छ भन्ने हिसाबले ल्याएको थिएँ। गीत रिलिजपछि भाइरल होला अनि विवाद र चर्चाको सामना गर्नुपर्ला भन्ने सोचेको थिइनँ। भाइरल र चर्चामा आउने भन्ने प्लानले गाएको पनि थिइनँ।

तपाईं आफैं पनि महिला भएर महिलाकै अपमान गर्ने शब्द भएको गीत किन गाउनुभयो त?

मैले महिलालाई अपमान गरेको होइनँ। त्यो पात्रको नेचर प्रस्तुत गरेर गाएको हो। गीतलाई लिएर शुरुमा ट्रोलहरु बन्दा लौ न के भयो भनेर म आफैं अचम्ममा परें। किनभने त्यो मैले सोचेको विषय नै थिएन। गालीहरु पनि आउन थालेपछि म एकदमै दुःखी हुन थालें। पछि आफूले आफैंलाई कमजोर बनाएर के गर्ने भनेर सबै कुराहरु नियालेर साइलेन्स भएरर बसिरहें। अहिले त्यो कुरालाई लिएर म दुःखी पनि छैन र खुसी पनि छैन। मानिसहरुले के बुझेछन् भनेर अचम्म पनि लागेको थियो।

तर, त्यति बेला त्यो गीत सुनेर गाली गर्ने मानिसहरुले नै तपाईंले पहिले पनि राम्रा–राम्रा गीत गाउनुभएको रहेछ पहिलेदेखि नै गीत–संगीतमा लाग्नुभएको रहेछ, हामीलाई थाहा थिएन भन्नेजस्ता प्रतिक्रिया दिइरहनुभएको छ। त्यो गीतबाट मलाई नचिन्ने धेरैले पनि सिर्जना खत्री भनेर चिने।

छम्मा भनेको चाहिँ के रहेछ खासमा?

त्यो गीत गाउँदा छम्मा भनेको मलाई पनि थाहा थिएन। तर, -याप गीत सुन्दाखेरी अग्रजहरुले धेरै र्‍यापमा छम्मा भन्ने शब्द प्रयोग गरेको पाएँर मैले पनि प्रयोग गरेकी हुँ।

छम्मा भनेको सोल्टिनी रहेछ र केटाहरुले चाहिँआफ्नो केटी साथी या प्रेमिकालाई बुझाउने अर्थमा पनि यो प्रयोग गरेको पाएँ। केटी भनेर जनाउने सिम्बोलिक टाइपको शव्द हो यो।

अब पनि यसखाले गीत गाउनुहुन्छ कि हुन्न?

त्यो गीतपछि अब आफूमा झन् धेरै जिम्मेवारी बढेको महसुुस भएको छ। एकचोटी त चर्चा पाइयो। तर, त्यही खालको गीत ल्याउँदा चर्चा पाउने ग्यारेन्टी हुँदैन। त्यस कारण अब कस्ता खालका गीत ल्याउने भनेर चुनौती बढेको महसुस भएको छ। अबको गीतहरु भने धेरै सोचेर र परिमार्जन गरेर ल्याउनेछु।

तर, उक्त गीत दर्शकको रोजाइमा परेको र उहाँहरुले सुनेको र हेरेको कारण नै त भाइरल भएको हो। गाली गर्नेहरु एक ठाउँमा छन्, तर, मानिसले मन पराएकै कारण सुनेर हेरेर त भाइरल हुने र ट्रेन्डिङमा आउने हो नि।

यही जनराको गीत त गाउँछु। तर, त्यसमा स–साना कुराहरुलाई पनि ध्यान दिएर र धेरै परिमार्जन गरेर स्टडी गरेर मात्र गाउँछु।त्यत्रो रिस्क मोलेर त्यो गीत गाउनुभयो, तर कोरोना जोखिमका कारण पर्याप्त कार्यक्रम हुन नसकेकाले त्यो गीत गाउने स्टेज पाइरहनुभएको छैन।

कस्तो लागिरहेको छ?

लकडाउन खुलेपछि मैले ५-६ वटा स्टेज प्रोग्राम गरें। यो गीतको क्रेज कस्तो रहेछ भन्ने कुरा बल्ल बुझें। सबै प्रोग्राममा यो गीत गाउनका लागि हुटिङ आउँथ्यो। मानिसहरुको वान्स मोर आउँथ्यो। त्यो गीतको त्यति धेरै मन पराएको देख्दा मलाई गाली गर्ने मानिसहरु कहाँछन् होला जस्तो लाग्थ्यो। यति धेरै माया नै माया देख्छु।

अझ धेरै प्रोग्राम भइरहुन् जस्तो लाग्छ। अफर आइरहेका पनि छन् र सेलेक्टेड प्रोग्राममा पर्फमेन्स गर्न लागिरहेको छु।मेरो एक्सको छम्मा गीत त गाउनुभयो, तपाईं आफैं कहिल्यै कसैको एक्सको छम्माचाहिँ हुनुभएको छ कि छैन? (हा…हा…हा…लामो हाँसो)। मेरो एक्स नै छैन। किनभने माया पाउन भाग्यमा लेखिएको छैन जस्तो छ। माया प्रेमका गीहहरु त गाउँछु तर सच्चा प्रेमचाहिँअनुभव गर्न पाएको छैन।

विवाहका बारेमा के सोच्नुभएको छ?

विवाहको उमेर पनि भएको र साथीभाइहरुको विवाह भएको देख्दा चाहिँविवाह गर्ने रहर लाग्दोरहेछ। कोही समझदार मानिस पाएमा विवाह गर्नुपर्छ कि भन्ने लाग्छ।

तर, विवाह भन्ने चिज पनि माथिबाट फिक्स भएर आएको हुन्छ भन्छन्। विवाह त गर्नु नै पर्छ एकचोटी। तर, कहिले कोसँग जुर्छ थाहा छैन।

गीत गाएर जीवन चलाउन सकिने अवस्था कत्तिको छ?

मेहनत गरिराख्यो, म्युजिकमा नै करिअर बनाउँछु भनेर लागिराखियो भने अफकोर्स जीवन चलाउन सकिन्छ। यहाँधेरै मानिसहरु म्युजिकबाट नै सर्भाइब भइरहेका छन्।

तर, काम गर्दै जाँदा, अप्ठेरो अवस्था आउँदा आत्तिनु र राम्रो अवस्था आउँदा मात्तानुभएन। समयअनुसार चल्न सक्यो र आफूलाई ब्यालेन्स गरेर लान सकियो भने एकदम राम्रो छ।

आफ्नो गीतको म्युजिक भिडियोमा मोडलिङ गरिरहनुभएको छ, अरूकोमा पनि गर्ने रहर छ कि?

आफ्ना गीतहरुमा लिप्सिङ रर्‍याप त हानेको हो, तर पूरै म्युजिक भिडियोमा मोडलिङचाहिँभर्खरै मात्र रिलिज भएको मेरो आफ्नो शब्द, स्वर तथा कालीप्रसाद बास्कोटा दाइको संगीत रहेको तिम्रै प्यारी अर्धाङ्गिनी बोलको लभ सङमा मोडल केवलजंग कुवरको जोडीको रूपमा अभिनय गरें।

म अलि बाहिरबाट हेर्दा रफटफ देखिन्छु, त्यस कारण लभ्ली क्यारेक्टरमा आफैंलाई अप्ठेरो महसुस भयो। अभिनय गरे पनि मैले सोचे जस्तो गर्न सकिन या उक्त पात्रलाई न्याय दिन सकिनँकि जस्तो लागिरहेको छ। अरूकोमा चाहिँगर्ने रहर छैन।

सञ्चारकर्मलाई त चटक्कै छोडिदिनुभयो निरु सञ्चारकर्मको तुलनामा गायन क्षेत्र मन परेको हो?

मलाई संगीत र सञ्चार क्षेत्र मन पर्छ। बोल्ने पेसा मन पर्ने भएकाले शुरुमा मिडियाबाट शुरु गरे पनि भित्र मनमा चाहिँ गायिका बन्छु भन्ने सोचका कारण सञ्चार क्षेत्रमा काम गरिरहँदा नै संगीत सिक्दै गीत गायनतर्फ लागें।

प्रत्यक्षरूपमा काम नगरे पनि म मिडिया फिल्डमै त छु। सञ्चारकर्मलाई निरन्तरता दिन नसके पनि बिर्सिएको भने छैन। मनभित्र सञ्चारकर्मप्रतिको आकर्षण अझै पनि छ।

तपाईं किन यति धेरै रफटफ ?

धेरै जनाले म हेर्दा रफटफ र अलि घमण्डी खालको देखिन्छुु भन्नुहुन्छ, तर त्यसतो होइन। म बाहिर जे देखिन्छु, भित्र त्योभन्दा ठीक उल्टो छु। स–साना कुराले पनि खुसी हुने सानो कुरामै दुःखी हुने स्वभावकी छु। तर, आफ्नो कारणले अरूलाई दुःख नहोस् भन्नेमा सचेत छु र धर्मप्रति पनि रुचि राख्छु।

प्रतिक्रिया दिनुहोस्