जेठको दोस्रो हप्ताभित्रै एसईई सक्ने तयारी



ljgfzsf/L e”sDksf sf/0f Ps dlxgfkl5 ;~rfngdf cfPsf] sIff !@ sf] klxnf] lbgsf] k/LIff lbFb} 5fqf . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यामिक शिक्षा परीक्षा(एसईई) को तयारी थालेको छ । बोर्डले परिक्षा जेठको दोस्रो साताभित्रै सक्ने गरी तयारी थालेको हो ।

यसअघि सरकारले एसईई परिक्षा सञ्चालनको अधिकार बोर्डलाई नै दिएको थियो । त्यहिअनुसार बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । यसका लागि प्रक्रियामा गइसकेको बोर्डले जनाएको छ ।

शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । यो वर्ष एसईईमा नियमित र ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी संलग्न हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्