डडेल्धुराका ग्रामीण सडक निर्माण कार्य तिब्र गतिमा



राम धामी, डडेल्धुरा ।

सुदुरपश्चिम प्रदेश सरकारले डडेल्धुरामा ग्रामीण सडक कालोपत्रे गर्नेदेखि लिएर स्तरोन्नती, ग्राईभेलिङ्ग, ट्रयाक खोल्ने कामलाई तिव्रता दिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार मातहतको पुर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत जिल्लामा दुई सय तीन किलोमिटर सडक निर्माणका साथै कालोपत्रे भएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको पुर्वाधार विकास कार्यालय डडेल्धुराकाअनुसार डडेल्धुरा र डोटीमा सडक निर्माणसहित पुल निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्व २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गत आर्थिक बर्षमा सो कार्यालयले एक अर्व २५ करोड रुपैयाँ सडक र पुल निर्माणमा खर्च गरेको थियो । जसमा ९५ किलोमिटर सडक ट्रयाक खोलिएको छ । ९० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का भई काम शुरु भएको छ भने १० किलोमिटर ग्रामीण सडकमा ग्राईभेलिङ्ग र आठ किलोमिटर सडक कालोपत्रे भईसकेको सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले अन्र्तगतको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख राचन्द्र खत्रीले बताए ।

सडक सञ्जालसंग नजोडिएका जिल्लाका दुर्गम ग्रामीण क्षेत्रहरुलाई सडक सञ्जालसंग जोड्ने उदेश्यले सडक निर्माण भईरहेका छन् । सडकको ट्रयाक खोल्ने मात्रै नभई कालोपत्रे, स्तरोन्नती, ग्राईभेलिङ गर्दा बाह्रै महिना यातायात सचालनमा सहज हुने उनले बताए ।

डडेल्धुराका दुर्गम ग्रामीण क्षेत्रमा सडक निर्माणसंगै यातायात सेवा सञ्चालन हुँदा स्थानीय बासिन्दाहरु खुसी भएका छन् । पुर्वाधार विकास कार्यालय डडेल्धुराले सडकसँगै पुल निर्माण कार्यमा जोड दिएको छ । हाल डडेल्धुरामा दुई झोलुङ्गे पुल र दुई पक्की मोटरेवल पुलको निर्माण कार्य जारी छ ।

ग्रामीण सडक निर्माणमा तिब्रतासँगै दुर्गम ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिन थालेका छन । ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म प¥याउन किसानलाई सहज भएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारका लागि अस्पताल आउन सहज भएको छ भने दैनिक उपभोग्य वस्तुहरु गाउँ सम्म आयात गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्