यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालको ब्याटिङ सुरु


काठमाडौं ।

यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध ब्याटिङ सुरु गरेको छ।

ओमानको अल अमेरातमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब मंसिर २२ गते यूएई र २४ गते पाकिस्तानसँग खेल्नेछ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

नेपालको टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरिरहेका छन्।