लागू औषधसहित दुई युवक पक्राउ



अमृत अर्याल, स्याङजा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ ।

लागू पदार्थ ओसारपसार भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका १ का २२ वर्षीय अमुल परियारलाई पक्राउ गरेको हो । पुतलीबजार १ को प्रगतिनगरमा गुरुङ र परियारलाई शंकास्पद अवस्थामा फेला पारेपछि सोधपुछ गर्दा उनीहरुले लागू औषध सेवन तथा खरिद बिक्री गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

लागु औषध खरिद गरी दिवसको घरमा लुकाएर राखेको उनीहरुले बताएका थिए । दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको व्यागमा दुई दुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र लागू औषध गाँजा ५ ग्राम, सिरिन्ज १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आजकाल स्याङजा जिल्ला लागु औषध ओसार पसारको ट्रान्जिट प्वाईन्ट बन्दै गएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्