एक सातामा शेयर लगानीकर्ताको सम्पत्ति सवा २ खर्बले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल स्टक एक्सचेन्ज नेप्से मा यस साता करिब ११० अंक बढेर बन्द भएको छ । साताको पहिलो दिन ३३ दशमलव ३३ अंक ओरालो लागेको नेप्से अन्य दिन बढेको थियो । सँगै नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण सवा २ खर्ब रुपियाँले बढेको छ । अघिल्लो साता ३४ खर्ब ६ अर्ब रुपियाँ रहेको पुँजीकरण यस साता बढेर ३६ खर्ब ३३ अर्ब रुपियाँ पुगेको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका कारण शेयर बजारमा सकारात्मक प्रभाव पर्दा बजार बढ्न पुगेको विश्लेषकहरूको भनाइ छ । नेप्से बढे पनि यस साता कारोबार रकम भने घटेको छ । अघिल्लो साता ४५ अर्ब २७ करोड रुपियाँ बराबरको शेयर कारोबार भएका यस साता ४४ करोड १४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै यस साता बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै ७ दशमलव शून्य ८ प्रतिशत बढेको छ । साथै अंकका आधारमा यस साता लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी बढेको छ । यो १९३ दशमलव शून्य ३ अंक बढेको छ । यस साता सबैभन्दा धेरै गुमाउनेमा होटल समूहका लगानीकर्ता रहेका छन् । यस साता सो उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्