कांग्रेस महाधिवेशन भदौमा



काठमाडौं ।

यसैबीच पत्रकारले महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नमा नेता साउदले पार्टीको महाधिवेशन अगामी भदौमा हुने बताउनुभयो । कोरोना कहर, प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचन घोषणाले तोकिएकै समयमा महाधिवेशन हुन नसकेको उहाँको भनाइ छ । ‘विभिन्न ३ कारणले तोकिएको समयमा महाधिवेशन हुन सकेन’, साउदले भन्नुभयो– ‘पार्टीको समायोजन हुन सकेको थिएन, राज्य पुनःसंरचनाका बेला भूगोल परिवर्तन, कोरोना महामारीले गर्दा आज हुने भनिएको महाधिवेशन हुन सकेन ।’

फागुनमा हुन नसके पनि भदौपछि कानुनले पनि महाधिवेशन गर्न नमिल्ने भएकाले जसरी पनि भदौमा महाधिवेशन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संविधानमा कुनै पनि दलले ५ वर्ष ६ महिनाभित्र महाअधिवेशन गरिसक्नुपर्ने उल्लेछ छ, त्यसैले हामी भदौमा जसरी भए पनि महाधिवेशन गर्छांै ।’
वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत भएको साउदको भनाइ छ ।

डिलाशैनी घटना अपसंस्कृतिको संकेत

यसैबीच, केन्द्रीय सदस्य साउँदले बैतडीको डिलाशैनी घटना अपसंस्कृतिको संकेत गरेको बताउनुभयो । फागुन ४ गते डिलाशैनी गाउँपालिकामा आफू सहभागी भएको आमसभामा नेकपा ओली समूहका कार्यकर्ताले गरेको आक्रमणले अपसंस्कृतिको संकेत भएको नेता साउदको भनाइ छ । ‘सो कार्यक्रमभन्दा अघिल्लो दिन केही कार्यकर्ता कांग्रेसमा आएको र उक्त दिन पनि कांग्रेस प्रवेश गर्ने सुनेर अत्तालिएका हुन्’, उहाँले भन्नुभयो– ‘आक्रमण र सवारीसाधन तोडफोड गर्नु निकै निन्दनीय छ, दोषीलाई कारबाही गर्न प्रशासनलाई आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्