१० वर्षको वारेन्टीसहित एलजीका वासिङ मेसिन



काठमाडौं, नेस ।

एलजी ब्रान्डका विभिन्न मोडेलका वासिङ मेसिन बजारमा रहेको छ । जसमध्ये ८ देखि १८ किलोसम्मको लुगाधुने क्षमता साथै ५ देखि १० किलोसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधा रहेको कम्पनीले जनाएको छ ।ती वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याबाट मुक्त पाउन सकिन्छ ।

मेसिनका विशेषताहरूमा कपडाको किसिम, तौलका साथै कोमलता पत्ता लगाई कपडाको लागि आफंै धुने तरिका निर्वाह गर्ने कम्पनीको दाबी छ । अत्याधुनिक प्रविधिले गर्दा सुकाउने क्षमता राम्रो हुनुका साथै बिजुली, पानी र समयको बचत हुनुका साथै कम तापक्रममा कपडा सुकाउने र नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्छ । यस मेसिनमा १० वर्षको वारेन्टी रहेको छ । एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्