सामान्य अंकले शेयर बजारमा वृद्धि



काठमाडौं, नेस ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन ९ दशमलव ९४ अंकले बढेर परिसूचक २६११ द्यशमलव ४५ बिन्दुमा पुगेको छ । कुल २०३ कम्पनीको १ करोड ७६ लाख कित्ता शेयर ८ अर्ब ३ करोड रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १० अर्ब रुपियाँभन्दा माथिको कारोबार भएको थियो ।

यस दिन कारोबार भएका १२ समूहमध्ये पाँच समूहको सूचक बढ्दा बाँकी ७ समूहको सूचक घटेको छ । त्यसमध्ये सबैभन्दा धेरै व्यापार समूहको सूचक २ दशमलव शून्य २ प्रतिशतले बढेको छ । साथै सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ४८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रचर बैंक अगाडि रहेको छ । सो बैंकको ६९ करोड ४३ लाख रुपियाँ बराबरको कारोबार भएको छ भने नबिल बैंकको ४१ करोड १६ लाख रुपियाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै नेपाल इन्फ्रास्ट्रचर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास, समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । तर, सनराइज म्युचुअल फन्ड, इन्फिनिटी लघुवित्त, बरुण हाइड्रोपावर, किसान लघुवित्त, रिडी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रोपावर, ग्लोवल आइएमई लघुवित्त, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्