ओली सर्वोच्च अदालतमा पुगे



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी ओली अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालतमा पुगेका छन् । कामचलाउ प्रधानमन्त्री ओली मध्यान्ह लिखित जवाफ लिएर सर्वोच्च पुगेका हुन् ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिललगायत ओलीले टिप्पणी गरेका थिए । सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्