आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । अपराह्न तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राखेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।कांग्रेसले १४औँ महाधिवेशन २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । यस्तै आजको बैठकमा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम के हुने भन्नेबारे पनि छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्