नेप्से २६ सयभन्दा माथि



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिपरिसूचक २ हजार ६ सय बिन्दु पार गरेको छ । मंगलबार नेप्से २५ दशमलव ५० अंकले बढेर २ हजार ६०१ दशमलव ५१ बिन्दुमा पुगेको हो । नेप्सेको इतिहासमा यो हालसम्मकै उच्च बिन्दु हो ।

कुल २०८ कम्पनीको १ करोड ७७ लाखभन्दा बढी कित्ता शेयर १० अर्ब ३ करोड ५४ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३५ खर्ब ८४ अर्ब ७६ करोड रुपियाँ भएको छ । यस दिन कारोबार भएकामध्ये ज चार समूहको मात्रै परिसूचक बढेको छ भने बाँकी आठ समूहको शेयर घटेको छ । बैंक, विकास बैंक, अन्य र सामूहिक लगानी कोष समूह बढेको छ भने व्यापार, होटल, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन, लघुवित्त र जीवन बीमा समूह घटेका छन् ।मंगलबार कारोवारका आधारमा नबिल बैंक अगाडि रहेको छ । सो बैंकको ५४ करोड ४४ लाख रुपियाँको शेयर किनबेच भएको थियो । यस्तै ग्लोबल आइएमई बैंकको ४२ करोड ५० लाख, नेपाल बैंकको ३९ करोड १६ लाख, नेको इन्स्योरेन्सको ३७ करोड ३४ लाख, एनआईसी एसिया बैंकको ३३ करोड ६७ लाख, शिखर इन्स्योरेन्सको ३० करोड ५९ लाख, हिमालयन डिस्टिलरीको २६ करोड ९४ लाख, सिद्धार्थ बैंकको २६ करोड १० लाख, एनएमबी बैंकको २४ करोड ७० लाख र कुमारी बैंकको २० करोड ३७ लाख रुपियाँको कारोबार भएको छ ।

यस दिन चन्द्रागिरि हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो यस्तै नेपाल पूर्वाधार बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड, हिमालयन ऊर्जा विकास कम्पनीको करिब १० प्रतिशतले शेयर मूल्य बढेको छ । यस दिन सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र एनएमबी बैंकका लगानीकर्ता पनि धेरै कमाउनेको सूचीमा अगाडि छन् । तर, साधाना लघुवित्त, पाँचथर पावर कम्पनी, बरुण हाइड्रोपावर, स्वाभिमान लघुवित्त, माहुली सामुदायिक लघुवित्त, माउन्टेन हाइड्रो, गुर्खाज फाइनान्स, एचआइडीसीएल, ङादी ग्रुपलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्