प्याब्सोक फुटसल आजदेखि



काठमाडौं, (नेस) ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सन) को आयोजनामा पाँचौं प्याब्सोक फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने प्याब्सोकका अध्यक्ष गेन्द्र लामाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने प्याब्सोकका सदस्य समेत रहेका प्रतियोगिता संयोजक राजु पुडासैनीले जानकारी दिए ।तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू कपनस्थित ग्रिन विस फुटसलमा हुने छ । गत संस्करणको उपाधि बिट्स एकेडेमीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्