सनुपको गहिरो थियो माया



सनुप पौडेलद्वारा स्वरबद्व गहिरो थियो मेरो माया बोलको गीत प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको छ।

अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई चन्द सिंहले एरेन्ज गरेका हुन्। गीतको म्युजिक भिडियोमा सन्तोष अधिकारी, निखिला बुढाथोकी, बालकलाकार अभनिशदेव अधिकारी र अर्चेरले अभिनय गरेका छन्। अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा निरञ्जन प्रधानको छायांकन र स्टोरमक्रो फ्रेम वर्क होबर्ट अस्ट्रेलियाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्