अविश्वास प्रस्ताव :सांसदहरू तानातानमा



नेपाल समाचारपत्र, हेटौंडा  ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि नेकपाकै सांसदहरुलाई आफ्नो पक्षमा पार्न नेताहरु लागिपरेका छन् । प्रस्ताव दर्तापछि सांसद्हरु तानातानमा छन् ।

प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले ५ गते छलफल हुने बताउनुभएको छ । उहाँले कार्यव्यवस्था परामर्श समितिसाग सोही दिन सल्लाह गरी वक्ताको नामबारे छलफल गरिने जानकारी दिनुभयो । बुधबार प्रदेशसभामा बैठकले सरकार ढल्छ कि ढल्दैन र प्रदेशसभा बैठक बस्छ कि बस्दैन भन्ने विषयमा राजनीतिक वृत्तमा कौतुहलता छाएको छ ।प्रदेशसभामा नेकपा संसदीय दलका मुख्य सचेतक केशवराज पाण्डेले ५ गते बिहान कार्यव्यवस्था बैठक बसी कसरी अगाडि जान सकिन्छ भन्ने विषयमा छलफल गरी मतदानका लागि कार्यविधि पास गरिने जानकारी दिनुभयो । उहाँले अविश्वास प्रस्ताव दर्ता गर्नेले बहुमत पु¥याउनुपर्ने हुादा यो असम्भव भएको टिप्पणी गर्नुभयो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यले धमाधम हस्ताक्षर फिर्ता गरिरहेकाले संख्या घट्दो क्रममा रहेको उहाँले दाबी गर्नुभयो ।

यदि कांग्रेसले ‘नो भोट’ भनेर कसैको साथ दिएन भने अविश्वास प्रस्ताव खारेज हुने उहाँको कथन छ । सचेतक पाण्डेले प्रतिपक्ष दल नेपाली कांग्रेससाग कुराकानी भइरहेको र यस विषयमा नेपाली कांग्रेसले मुख्यमन्त्री पौडेललाई साथ दिने सम्भावना भएको जनाउनुभयो ।नेकपा प्रचण्ड–माधव समूहकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेशसभाका सभामुखले आफूहरुसाग सल्लाह नै नगरी बैठक सारेर ठीक काम नगरेको बताउनुभयो । उहाँले यसबारे सभामुख सानुकुमार श्रेष्ठसाग कुरा भएकाले फागुन ५ गते बैठक बस्ने जनाइएको बताउनुभयो ।शाक्यले सरकारले जहिले षड्यन्त्र र जालझेलको काम मात्र गरेको दाबी गर्नुभयो । प्रस्ताव दर्ता गरेर यतिका दिन हाुदा पनि छलफल नहुनु लज्जाको विषय भएको र क्षमता नभएको प्रदेशसभा भन्दै उहाँले आक्रोश पोख्नुभयो । शाक्यले अविश्वास प्रस्तावको छिटोभन्दा छिटो छिनोफानो हुनुपर्ने बताउनुभयो ।शाक्यले आफूहरुले सबै दलका प्रदेशसभा सदस्यहरुसाग कुरा गरेको र गरिरहेकाले सबैले प्रतिगमनको मुद्दालाई साथ नदिने बताउनुभयो । उहाँले प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि दिनदिनै प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेका हाुदा नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई साथ दिनु असम्भव भएको जनाउनुभयो ।

नेतृ शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाउनुभयो । सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको उहाँको आरोप थियो । सभामुखले संसदीय दलको मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावली उल्लंघन गरेको प्रचण्ड–माधव समूहको आरोप छ ।अविश्वासको प्रस्तावबारे प्रतिपक्ष दलका नेता इन्द्र बानियाा भन्नुहुन्छ–संसदीय दलको बैठक बसिरहेका छौं । उहाँले प्रदेशसभाले विषय अगाडि बढाउनुपर्ने र त्यसपछि आफूहरुले निर्णय गर्ने उहाँले बताउनुभयो ।यस विषयमा दुवै गुटका नेताहरु प्रतिपक्ष दल नेपाली कांग्रेसको आशमा बसेको देखिन्छ । तर, कांग्रेस भने अझै अनिर्णित छ । प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका ३, राप्रपाका २, नेपाल मजदुर पार्टीका २ र स्वतन्त्र १ गरी १ सय १० सदस्य छन् ।मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ सांसदले पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । पुस ९ गते प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताब टेबुल भएको थियो ।

प्रदेशसभा सचिवालयले सूचना जारी गरी फागुन ५ गतेका लागि बैठक सरेको जानकारी दिएको थियो । बागमती प्रदेशसभाको सातौं अधिवेशन बैठक माघ १९ गते दिउासो २ बजे बस्ने भनिएकोमा बैठक सरेपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका थिए ।तोकिएको प्रदेशसभा बैठकका लागि प्रदेशका धेरै सांसद हेटौंडा आइसकेका थिए । २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्ने भनिएको थियो ।

पूर्वसूचना दिएर आह्वान गरिएको प्रदेशको प्रदेशसभा बैठक अचानक ‘स्थगन’ पछि नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–माधव नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका थिए । नेतृ शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवन प्रांगणमा नाराबाजी गर्नुभएको थियो । राति ९ बजेर १७ मिनेटमा प्रदेशसभा सचिवालयले आकस्मिकरूपमा बैठक सरेको सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्