किन हुन्छ मृगौलाको पत्थरी ?



मृगौलाले हाम्रो शरीरमा रगत शुद्धीकरण गर्छ । तर, हाम्रा केही गल्ती र लापरबाहीका कारणले मृगौलामा समस्या उत्पन्न हुन सक्छ । मृगौलाको जोडी पिठ्यूँको मध्यभागमा करङको ठीक मुनि हुन्छ ।

यिनीहरुको आकार हाम्रो मुठी बराबर हुन्छ र यो हेर्दा राजमा जस्तो देखिन्छ ।मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिसाबमा पानीको मात्रा कमी हुँदा पनि यस्तो समस्या देखिन्छ । आवश्यकताभन्दा बढी मिनरल्सले पनि यस्तो समस्या निम्त्याउँछ ।मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर युरेटरको माध्यमबाट ब्लाडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

किड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रस्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले अन्जानमा त कहिले लापरबाहीवश यसलाई नजरअन्दाज ग¥यो भने समस्याले ठूलो रुप लिन्छ । पेटमा तीव्र दुखाइ, बारम्बार ट्वाइलेट जानु, पिसाब गर्ने बेला दुखाइ, पिसाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि किड्नी खराब भएका मुख्य लक्षण हुन् ।कहिलेकाहीँ किड्नीमा पत्थरीको समस्या सामान्य अवस्थामा औषधिले पनि ठीक हुन्छ । तर कहिलेकाहीँ किड्नीमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ । यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, युरेट्रोस्कोपीजस्ता कैयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र बिरामीलाई खासै अप्ठेरो हुँदैन ।
– कमल साह, रौतहट ।

प्रतिक्रिया दिनुहोस्