देश बनाउने होडबाजीमा जो पनि मन्त्री बन्ने कांग्रेस, एमाले, माओवादीहरु एकै ड्याङको मुलाजस्तो लाग्यो । शेरबहादुर देउवा पाँचपल्ट, केपी ओली चारपल्ट, प्रचण्ड तीनपल्ट सबै प्रधानमन्त्री । प्रायः बाहुन नै बाहुन । देश बनाउने नाउँमा स्वार्थ नै स्वार्थमा लागे उनीहरु । रावणजस्तो भए । ३५ वर्ष राजनीति गरे पनि सिद्धान्त नभएको राजनीति नपुंसकजस्तो भयो ।
मनमा घाउ नलागेसम्म कोही पनि रुँदैनन् । आमा पनि रुन्नन्, छोरी, ज्वाइँ पनि रुँदैनन्, बुहारी पनि रुँदैनन् । गरिबलाई हेर्ने होइन, धनीहरुलाई मात्र हेर्ने ? सिमेन्ट, बालुवा, इँटा, डन्डी, गिट्टी, पानीले एउटा घर बन्छ, त्यस्तै परिवार पनि । यहाँ त भूगोल पनि थाहा छैन, गुगल पनि थाहा छैन । संविधानमा समाजवाद नाम दस्तावेजमा छ, त्यस्तै पञ्चशीलको सिद्धान्तमा आधारित उल्लेख छ । नेपालको नागरिक भएर नागरिकको अर्थ थाती राखी नागरिक विधेयक, एमसीसी पास गर्छन् । आफ्नै खुट्टामा आफैँले बन्चरोले हान्छन् ।
त्यस्तै बालेन शाह प्रधानमन्त्रीको बोल्ने पनि ढंग छैन । नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको प्याच बोल्दिए । स्वयं आफ्नो र ३ करोड जनताको खुट्टामा बन्चरो हाने । नेपालको प्रधानमन्त्री हो कि फिल्मको हिरोजस्तो मलाई लाग्यो । सत्तामा नपुगेसम्म विदेशीसँग ऋण लिन नहुने भन्ने, युवायुवती विदेशमा नपठाउने भन्ने अनि सत्तामा पुगेपछि कुरा अर्कै ।
यो सरकार किसान र मजदुरको होइन । मजदुर र किसानलाई नहेर्ने सरकार हुनै सक्दैन । हाम्रो मन रत्नसमान हो । सोचेजस्तो फल पाउँछ । नराम्रो सोच्यो भने नराम्रो फल पाउँछ । ग्यासको हाहाकार, मलको हाहाकार, सहकारी ठगको हाहाकार, गरिब देशमा दुई दिन बिदाको हाहाकार, बाढीपहिरो एवं भोटेकोशीको हाहाकार, २१ प्रतिशत तलव वृद्धिको हाहाकार । मैले प्रधानमन्त्रीको भूमिका खुट्टादेखि शिरसम्म हेरिसकेँ । आकाशको फल आँखा तरी मर् भनेजस्तो गरिबलाई नहेर्ने कस्तो सरकार !
– तुल्सीनारायण लाखेमरू
सूर्यविनायक–८, सिपाडोल











प्रतिक्रिया