कोरोना महामारी विरुद्धका सहयोगी तीन व्यक्तित्व



एजेन्सी ।

१ जेरेमी ज्याकोब्स:

 

अमेरिकाको डेलावर नर्थस्थित ज्याकोब्सको खाद्यान्न सेवा तथा सहुलयत कम्पनीले ढिलै सही १ अप्रिलमा कोरोना भाइरसबाट प्रभावित आफ्ना ६८ जना पूर्णकालीन कर्मचारीलाई अस्थायी बिदामा राख्ने, एक साताको भुक्तानी विदा तथा आठ साताको पूँर्ण सुविधा दिने निर्णय गरेको छ । तर, त्यस कम्पनीका ८२ जना ज्यालादारी कर्मचारीको भने अनिश्चित कालसम्म तलवमा कटौती गरिने भएको छ । बोस्टन ग्लोबका अनुसार ज्याकेब्सको टीडी गार्डेन र सोही कम्पनी अन्तर्गतको बोस्टन ब्रुइन्सले पार्टटाइम कर्मचारीहरूलाई बिदावाजी गरिएको छ । तर, ज्याकोब्सले तिनीहरूको सहयोगका लागि पनि १५ लाख अमेरिकी डलरको कोष खडा गरिदिएका छन् ।

२ लुका गाराभोग्लिया:


मदिराजन्य पेय पदार्थ निर्माा समँह क्याम्पारीको प्रमुख कार्यकारिणी अधिकृत लुका गाराभोग्लियाले इटालीको मिलान शहरस्थित अस्पतालहरूको समँह फेटबेनेफटेल्ली साक्कोलाई करिब ११ लाख अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् ।

३ माइकल ब्लुमवर्ग:


गत २३ अप्रिलमा सञ्चार उद्यम क्षेत्रका अर्बपति माइकल ब्लुमवर्गले कोभिड–१९ रोकथाम र सहयोगका विभिन्न क्षेत्रमा खर्च गर्न कम्तिमा ७ करोड ४५ लाख डलर अमेरिकी डलर प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यसअन्तर्गत उनले विकासोन्मुख मुलुकहरूमा कोभिड १९ फैलनबाट रोक्ने कामका लागि ४ करोड डलर, न्युयोर्क सिटीका ३० हजार स्वास्थ्यकर्मीलाई करिब १० लाख छाक खाना ख्वाउन वल्र्ड सेन्ट्रल किचेनलाई ६० लाख डलर तथा डब्ल्युएचओका कार्यक्रम सञ्चालनका लागि ८० लाख डलर दिने घोषणा गरेका थिए । डब्ल्युएचओले सो रकम ‘ग्लोबल सिटिजन्स वन वल्र्ड: टुगेडर एट होम’ नामक कार्यक्रमका लागि खर्च गर्ने बताइएको छ । यसैगरी, २३ अप्रिलमा ब्लुमबर्गले अमेरिकाको न्युयोर्क राज्यको कोभिड–१९ पहिचान कार्यक्रमका लागि १ करो ५० लाख डलर र अन्य संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको भोलिपल्टै उनले अन्तर्राष्ट्रिय उद्धार समितिलाई १ करोड डलर चन्दा दिएका थिए । साथै, उनले न्युयोर्कस्थित गैर आयमँलक संस्थाहरूलाई ९ करोड ५० लाख डलर बराबरको ब्याजरहित ऋण अनुदान सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्