विघटनविरुद्ध ७७ जिल्लामा आज कांग्रेसको विरोध प्रदर्शन



न्युज अफ नेपाल ,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज ७७ जिल्लामै विरोध प्रदर्शन गर्दैछ । कांग्रेसको यो तेस्रो चरणको अन्तिम कार्यक्रम हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको छ ।

७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना हुने विरोध प्रदर्शन गर्न लागिएको हो । सभापति शेरबहादुर देउवाले घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन आइतबार नै अपिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्