टाटाको बीएस सिक्स इन्जिनका गाडीको प्रि–बुकिङ खुल्ला

दुई वटा पिआर अनिवार्य



काठमाडौं, (नेस) ।

नेपालको लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रिबुकिङ खुल्ला गरिएको छ । भारतीय स्टयान्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एचफाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो ।

न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ पाएका टाटाको यी गाडीले सबैको मन जित्ने विश्वास लिइएको छ । प्रि–बुकिङ गर्ने पहिलो सय जना ग्राहकलाई विभिन्न आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

उपहारअन्तर्गत ग्राहकले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ बर्षको निःशुल्क सर्भिसिङ र निःशुल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्नुहुनेछ । इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समूहका ग्राहकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एनक्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्