पूर्वराष्ट्रपति ट्रम्पविरूद्धको महाभियोग असफल



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी सिनेट पँर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोगमा दोषी ठह¥याउन आवश्यक सिनेटरहरूको दुईतिहाइ बहुमत जुटाउन असफल भएको छ । ट्रम्पविरूद्ध गत ६ जनवरीमा क्यापिटल भवनमा आफ्ना समर्थकहरूबाट भएको हुलदंगालाई उक्साउन खोजेको अभियोग लगाइएको थियो ।

ट्रम्पलाई महाभियोगमा दोषी करार गर्न भएको मतदानमा पक्षमा ५७ र विपक्षमा ४३ मत खसेको थियो । ७ जना रिपब्लिकनले समेत ट्रम्पविरूद्ध मतदान गरेका थिए । ट्रम्पलाई दोषी प्रमाणित गर्न ६७ मतका आवश्यकता थियो ।सफाइ पाएपछि ट्रम्पले जारी गरेको एक विज्ञप्तिमा महाभियोगको आलोचना गर्दै यसलाई इतिहासमा ‘अहिलेसम्मकै सबैभन्दा ठुलो नियोजित आक्रमण’ को रूपमा चिनिने बताएका छन् । ट्रम्प विरूद्धको यो दोश्रो महाभियोग हो । यदि, महाभियोग प्रमाणित भएको खण्डमा उनी फेरि कहिल्यै पनि राष्ट्रपति पदका लागि चुनावमा उठ्न पाउने छैनन् ।

मतदानपछि कंग्रेसका वरिष्ठ रिपब्लिकन सिनेटर मित्च म्याककोन्नेलले क्यापिटल भवनमा भएको अप्रिय घटनाका लागि ट्रम्प जिम्मेवार रहेको बताएका छन् । हुन त त्यसअघि उनले ट्रम्पलाई लगाइएको अभियोगविरूद्ध मतदान गर्दै अब ट्रम्प राष्ट्रपति नरेहकाले उनलाई अभियोग लगाउनु असंवैधानिक हुने प्रतिक्रिया दिएका थिए ।गत २० जनवरीमा राष्ट्रपति भवन छाडेका ट्रम्प विरूद्धको यो महाभियोग प्रक्रियालाई यसरी लामो समय पर सार्ने काममा पनि म्याककोन्नेलकै महवपूर्ण भूमिका रहेको थियो । तर, उनले अझै पनि ट्रम्पलाई क्यापिटल भवनको काण्डलाई लिएर अदालतमा दोषी ठह¥याउन सकिने चेतावनी दिएका छन् । उक्त अप्रत्यासित घटनामा एकजना प्रहरी अधिकारीलगायत पाँचजना व्यक्तिको ज्यान गएको थियो । आफ्नै पँर्वरिपब्लिकन राष्ट्रपति विरूद्ध मतदान गर्ने सातजना रिपब्लिकन सिनेटरमा लिसा मुर्कोस्की, सुसन कोलिन्स, बेन सास्से, बिल क्यास्सिडी, चिर्ड बर्स, मिट रोमनी र प्याट टुमी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्