‘नयाँ स्वरूपको कोरोना भाइरसले विश्वमा ठुलो समस्या ल्याउने’



लन्डन, (एजेन्सी) ।

बेलायतको दक्षिण–पूर्वी भागमा पहिलोपटक देखापरेको कोरोना भाइरसको विकसित नयाँ रूपले विश्वमै अत्यन्तै ठँलो समस्या निम्त्याउन सक्ने बेलायतको अनुवांशिक सुपरीवेक्षण कार्यक्रमका अध्यक्षले बताएका छन् ।

यो नयाँ कोरोना भाइरस अहिले सपूर्ण विश्वकै चिन्ताको विषय बनिसकेको छ ।‘गार्डेन अफ इंग्ल्यान्ड’ को उपनामले पनि चिनिने केन्ट शहरमा गत सेप्टेम्बरमा पहिलोपटक यो भाइरस फेला परेको हो । केन्ट राजधानी लन्डन नजिकै रहेकाले यात्रुहरूमा यो छिटै सर्ने सम्भावना देखिएको थियो । ‘बि.१.१.७.’ नाम दिइएको यो भाइरस अहिले विश्वका ५० वटाभन्दा बढि मुलुकमा फैलिसकेको छ । बेलायत कोरोना भाइरसप्रति निकै सजग मुलुक हो ।त्यहाँ क्वारेन्टाइन उल्लंघन गर्नेहरूलाई अधिकतम जनही दस वर्ष लामो कारवास सजायसम्मको व्यवस्था गरिएको छ । यही भाइरसको कारण बेलायत पुनः नयाँ लकडाउन लगाउन बाध्य भएको छ ।विशेषज्ञहरूले यो नयाँ स्वरूपको भाइरस सत्तरी प्रतिशत बढि संक्रमित हुने र करिब तीस प्रतिशत बढि प्राणघातक रहेको बताएकाले पनि अहिले विश्व त्रसित रहेको छ ।

कोभिड–१९ जेनोमिक्स युके कन्सोर्टिमका निर्देशक स्यारोन पिककले केन्टमा देखिएको भाइरसले विशवलाई निकै दुख दिने संभावना धेरै रहेको बीबीसीलाई बताएकी छन् । बेलायतमा कोरोना भाइरस संक्रमणको कारण १ लाख १५ हजारभन्दा बढिको ज्यान गइसकेको छ भने झन्डै ४० लाख भन्दा बढि संक्रमित रहेका छन् । यसैगरी, विश्वमा यस महामारीको कारण २३ लाखभन्दा बढिले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्