टेलिकमको नाफामा कोरोनाको असर



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल टेलिकमको चालू आर्थिक वर्षको नाफामा विश्वव्यापी माहामारीका रुपमा रहेको कोरोना असर देखा परेको छ । कोरोनाका कारण गतिविधिमा भएको शून्यताका कारण कम्पनीको नाफा उल्लेख्य रूपमा घटेको हो ।

चालू आर्थिक वर्षको छ महिनामा ९० करोड ८४ लाख रुपियाँभन्दा बढी आय बढाएको छ । कम्पनीले चालू आर्थिक वर्षमा ९ अर्ब ८९ करोड ५७ लाख रुपियाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ९९ करोड ८७ लाख २९ हजार रुपियाँ आर्जन गरेको थियो । चालू आवको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद मुनाफा १ अर्ब ७७ करोड १६ लाख रुपियाँ रहेको छ । गत आवको द्वितीय त्रैमासिकसम्म अर्थात् पहिलो अर्धवार्षिक मा कूल सेवा वापतको आय १८ अर्ब ३ करोड ९५ लाख रुपियाँ हेकोमा चालू आवको सोही अवधिमा कूल सेवा वापतको आयमा १ दशमलव ७४ प्रतिशतले कमी आई १७ अर्ब ७२ करोड ४९ लाख रुपियाँ रहेको छ । कम्पनीको आय घट्नुमा

कोरोना माहामारी मुखय कारण मानिउको छ । त्यसबाहेक बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा घट्न गएको छ । कम्पनीको ब्याज आम्दानीमा २० करोड ७४ लाखले आएको कमी छ ।कोरोना महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको ठूलो गिरावट तथा डाटा प्याकको बढ्दो प्रयोगलगायतका कारणले कम्पनीको नाफा घट्न गएको जनाइएको छ । त्यस्तै समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई नाफामा असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्