स्वास्थ्य चेकजाँचका लागि नेता खनाल दिल्ली प्रस्थान



काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए।नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने उनले बताएका छन् । केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण चेकजाँचका लागि नेता खनाल दिल्ली गएका हुन । खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

प्रतिक्रिया दिनुहोस्