पाइन्ट जमाएर पार्किंगस्थल रिजर्भ



सिकागो, ( एजेन्सी)  ।
अमेरिकाको सिकागो निवासी एक पुरुषले आफ्नो सवारी साधनका लागि पार्किंग क्षेत्र दाबी गर्न अपनाएको एउटा नौलो तरिका सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।

उनले आफ्नो जिन्स पाइन्टलाई पानीमा जमाएर पार्किंगस्थलमा ठड्याउने गरेका छन् ।वेस्ट रिड्ज निवासी ‘एडम सेल्जर’ नामक ती व्यक्तिले पार्किंग क्षेत्रमा त्यसरी ठड्याएको पाइन्टको तस्वीरहरू ट्विटरमा पोस्ट गरेका हुन् । हिउँ परेका स्थानमा सावेलले हिउँ हटाएर उनले यसरी पार्किंगस्थलमा आफ्नो स्वामित्व दाबी गरेका हुन् ।

यसअघि, स्थानीय बासिन्दाहरूले आफँले सहर सफा गरेका स्थानमा कार पार्क गर्न मेच वा ट्राफिक कोणहरू राख्ने गरेका थिए । सिकागोमा यसरी पार्किंगस्थल रिजर्भ गर्नु सामान्य चलन हो । सेल्जरले ट्विटरमा लेखेका छन्, ‘पाइन्ट भिजाएर बाहिर छाडेको २० मिनेटपछि त्यसलाई आकार दिन सकिन्छ । त्यसको फेरि २० मिनेटपटि पाइन्ट ठडिन्छ ।’ उनले आफँले केही कमिजलाई पनि यसरी प्रयोग गरिसकेको सिबिएस सिकागोलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्