प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन रामकुमारी झाँक्रीको निर्देशन



न्युज अफ नेपाल , काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीलाई पक्राउ पूर्जी लिएर आफूलाई पक्राउ गर्न आउन निर्देशन दिएकी छिन्। बिहीबार शंखमुलस्थित उनकै निवासमा पक्राउ गर्न पुगेको प्रहरीलाई उनले अफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन भनेकी हुन्।

उनलाई बिहीबार १० बजे महानगरीय अपराध महाशाखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर सोधपुछको लागि प्रहरीले बोलाएको थियो।झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्। बधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्