सादा पोसाकमा झाँक्रीको घरमै पुग्यो प्रहरी



न्युज अफ नेपाल काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा नेकपा दाहाल-  नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न घरमै पुगेको हो । सोधपुछका लागि बोलाएपनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो ।

शंखमुलस्थित उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका हुन्। १० बजे सोधपुछको लागि बोलाइएको झाँक्री महानगरीय अपराध महाशाखामाउपसिथत नभएपछि सादा पोसाकमा प्रहरी उनकै निवास पुगेको हो।

तर नेतृ उपस्थित नभएपछि झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज बिहीबार पक्राउको तयारी गरेको छ । यसअघि ओली पक्षको अखिल नेपाल महिला संघ अनेमसंघले झाँक्रीलाई कारबाही गर्न माग गर्दैगत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा, ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो रु त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन् ।

नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद समेत रहेकी झाँक्रीले काठमाडौँमा भएको बुधबारको बिरोधसभामा राष्ट्रपति सम्मानित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्