यस वर्षको उत्कृष्ट सहकारीमा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ



यमलाल भुसाल, बुटवल ।

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीबाट यस वर्ष दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ पुरस्कृत भएको छ । त्यस्तै लुम्बिनी प्रदेशस्तरीयमा पनि दाङकै साना किसान लक्ष्मी सहकारी लक्ष्मीपुर उत्कृष्ट सहकारी पुरस्कृत भएको हो ।

प्रदेशस्तरीयमा नवलपरासीको सयपत्री बचत तथा ऋण सहकारी पनि पुरस्कृत भएको छ । केन्द्रीयस्तरमा उत्कृष्ट सहकारीको पुरस्कार दाङ जिल्ला बचत तथा सहकारी संघका विमल अधिकारीलाई बुधवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा आयोजित एक समारोहमा नगर प्रमुख बासुदेव घिमिरे राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले संयुक्त रुपमा प्रदान गर्नु भएको छ । त्यस्तै प्रदेशस्तरीय पुरस्कार साना किसान लक्ष्मी सहकारीका गोविन्द्रप्रसाद शर्माले ग्रहण गर्नु भएको थियो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका शाखामार्फत कारोवार गर्ने अन्तर्गत बुटवल शाखा मातहतका पल्लबी बचत तथा ऋण सहकारी र फँलवारी बचत तथा ऋण सहकारी ,बैंकको बर्दघाट शाखा मातहतबाट दाउने देवी बहुउद्देशीय र सिद्धार्थ बहुउद्देशीय सहकारी, बंकको दाङ शाखा मातहतबाट गौरिशंकर बचत तथा ऋण सहकारी र महिला साना किसान सहकारी संस्था तथा बैंकको कोहलपुर शाखा मातहतबाट नवकिरण बहुउद्देशीय र नागेश्वरी कृषि सहकारी उत्कृष्ट छनोट भई पुरस्कृत भएको बैंक संचालक माधवलाल देवकोटाले बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष सँचना जारी गरी सहकारीलाई आवेदन फर्म भर्न लगाउने र मापदण्ड पँरा गरी सहकारी मान्यता ऐन नियम पालना गरे नगरेको छानविन गरी उत्कृष्ट ठहर भएकालाई पुरस्कार दिने नियम बैंकले बनाएको अर्का संचालक रामकृष्ण खाँणले बताउनुभयो ।यसैबीच तिलोत्तमा नगरपालिकाको डाईभर टोलमा राष्ट्रिय सहकारी बैंकको ६७औं शाखा कार्यालय खुलेको छ । योसँगै रुपन्देहीमा राष्ट्रिय सहकारी बैंकको तेस्रो शाखा र मुलुककै ६७औ शाखाको रुपमा तिलोत्तमाको शाखा रहेको छ ।बैंकको शाखा कार्यालयको बुधवार एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्