महासंघको व्यापार समिति विस्तार



काठमाडौं, (नेस) ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे नेतृत्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पँर्व कार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ हुनुहुन्छ ।

समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यसमिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सहसचिव पशुपति देव पाण्डे हुनुहुन्छ ।त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य देवकुमार श्रेष्ठ, ललितपुर उवासंघका कार्यसमिति सदस्य रुपेन्द्रराज शाक्य, पोखरा उवासंघका उपाध्यक्ष अर्जुन पोखरेल, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेल, देउखुरी उवासंघका अध्यक्ष रत्न श्रेष्ठ,नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल, उर्लावारी उवासंघका अध्यक्ष प्रितम खडगी, स्याङजा उवासंघका मानार्थ सदस्य भिमकुमार श्रेष्ठ, नेपाल फ्रेटफरवाडर्स एसोसिएनका सचिव राजेन्द्र संग्रौला, काभ्रे उवासंघका उपाध्यक्ष राजेन्द्र पसाछें हुनुहुन्छ ।

समितिका सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू आनन्द अग्रवाल बगाडिया, भरतराज आचार्य, शाहिल अग्रवाल, संदिपकुमार अग्रवाल र नेपाल–भारत व्यापार तथा पारवहन परियोजनाका हिमाल थापा हुनुहुन्छ ।समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्नुहुँंदै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्वपँर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भँमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । त्यसका लागि समितिले महत्वपँर्ण इस्यँहरूमा सरोकारवाला निकायहरूसंग समेत सल्लाह सुझाव लिई सरकारमा लवी गर्न सुझाव दिनुभयो ।

विशेषगरी मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाईमध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौती लगायतमा समितिले आफँलाई विशेषरुपमा केन्द्रित गरी कार्य गर्न पनि अनुरोध गर्नुभयो । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापार व्यवसायको भँमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तराष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भँमिकाको खाँचो औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्