पर्यटकलाई एक सय डलर दिने कार्यक्रम



लस एन्जेल्स, (एजेन्सी)  ।

कोभिड–१९ महामारीका कारण तहस नहस भएको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले अमेरिकाको क्यालिफोर्नियास्थित एउटा सानो शहरले त्यहाँ आएर बस्ने प्रत्येक पर्यटकलाई एक सय अमेरिकी डलर दिने घोषणा गरेको छ । भिजिट सान्टा म्यारिया भ्याली प्रोग्रामअन्तर्गत त्यहाँको कुनै पनि होटेलमा कम्तिमा दुई रात बिताउने पर्यटकलाई एक सय डलरको भौचर दिइने गरिएको छ । सो भौचर रेस्टुरेन्टहरूमा र पेय पदार्थ खरिद गर्न प्रयोग गर्न सक्ने बताइएको छ । बिहीबारदेखि शुरू भएको यो कार्यक्रम आगामी ३१ मार्चसम्म लागँ हुने बताइएको छ ।
सान्टा म्यारिया भ्याली भिजिटर्स ब्युरोका निर्देशक जेनिफर ह्यार्रिसनले सिएनएनलाई बताएकी छन्– ‘सान्टा म्यारिया भ्यालीसँग पर्यटकहरूलाई दिने धेरै कुरा छन् । हामीसँग सुन्दर समुद«ी तट, होटेल र दामी वाइन कारखानाहरू छन् । कोरोना भाइरस महामारीको कारण अर्थतन्त्र लडखडाइरहेको अवस्थामा बजेट टुरिस्टहरूका लागि यहाँको प्याकेज निकै लाभदायक साबित हुनेछ । पर्यटकहरूका लागि सामाजिक दँरीका नियमदेखि अन्य सम्पँर्ण सुरक्षा व्यवस्था अपनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्