सरकारविरुद्ध टर्चलाईट बालेर जसपाको बृहत प्रदर्शन (फोटो फिचर)



न्युज अफ नेपाल ,काठमाडौं ।

जसपाले रुपन्देहीमा टर्चलाईट बालेर बृहत प्रदर्शन गरेको छ । ओली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । केपि ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई अध्यारो भड्खालो तर्फ धकलेकोमा जनता समाजवादी पार्टी द्वारा टचलाईट बालेर उज्यालो बनाउनुपर्छ भन्ने सन्देश सहित बिरोध कार्यक्रम भैरहवामा माननीय कल्पना पाण्डे लगायतको नेतृत्वमा संचालन गरियो ।

उक्त्त कार्यक्रममा विभिन्न नेता कार्याकर्ताको सहभागीता थियो । माननीय कल्पना पाण्डेले मन्तव्य राख्दै भन्नुभयो ओली सरकारले गरेको असम्बैधानिक कदम नसच्याए देशभर प्रदर्शन गर्ने र संबिधान सम्सोधन गरेर सिमान्तिकृत जनताको अधिकार संबिधानमा संरक्षित नगरेसम्म आन्दोलन नरोकिने बताउनु भयो । माननीय पाण्डेले भन्नुभयो यो सरकारले आफ्नो औचित्य गुमाईसकेको छ । मुलुकमा अन्धकारको कालोबादल लागेको छ । जनताको अधिकार हनन गर्न यो सरकार कामचलाउ एकपछि अर्को असंवैधानिक कदम चाल्दैछ त्यसलाई खवरदारी गर्ने पार्टीले लाईटबालेर उज्यालो मार्गको खोजिमा लागेको बताउनुभयो । उहाँ ले भन्नुभयो यसले जुनप्रकारले धमाधम संबैधानिक निकायमा नियुक्ति गरेको छ त्यो आफैमा कानुनको खिलापमा छ ।

गैरकानुनी छ । वर्तमान सरकारको नेतृत्व गर्ने केपि ओली असक्षम भैसकेका छन । उनले जुन तर्क गरिरहेका छन् त्यो तर्क आफैमा हाँस्यास्पद छ । काम गर्न पाईन । यो सरकारलाई काम गर्न कस्ले रोकेको छ । नाच्न नजान्ने आँगन टेढो भने जस्तो यो सरकारलाई एतिहासिक अवसर आएको थियो । नेकपाको राष्ट्रपति, उपराष्टपति, सभामुख सहित धन्नै दुई तिहाईको यो सरकार, सात प्रदेश मध्ये छ प्रदेश मा दुईतिहाईको प्रदेश सरकार हुँदा पनि आ आफुमा झगडा गरेर जनतामा रमिता देखाउने अनि काम गर्न नसक्ने अनि फेरि अरूलाई दोषारोपण गरेर पानी माथि को ओभानो बन्न खोज्ने यस्तो इतिहासमै असक्षम सरकारलाई आन्दोलन को राप र तापले छिटोभन्दा छिटो बिस्थापित गर्न सबै दललाई आव्हान गर्न चाहन्छु भन्नू भयो ।

कार्यक्रम आफ्नो पार्टीको रहेको र संविधानले प्रदान नगरेको अधिकार प्रयोग गरि संसद बिघटन तथा संबैधानिक निकायमा पधाधिकारी नियुक्ति गरि शपथ गरायाकोमा जनता समाजबादी पार्टीको घोर आपत्ति प्रकट गर्दछ । भन्नुभयो । उहाँले जवसम्म रेशम चौधरीको रिहाइ, राजबन्दीहरूको झुटामुद्दाको खारेजी, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संबिधान संशोधन मार्फत जनताको अधिकार को सुनिश्चितता हुदैन तवसम्म आन्दोलन नरोकिने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्