रोमान्स पल र कविताको



चक्लेटी हिरो पल शाह र कविता राय अभिनित म्युजिक भिडियो तिमी छौ र सार्वजनिक भएको छ। कमल खत्री र अश्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत पनि कमल खत्रीकै रहेको छ।

चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियो हरि हुमागाईंले निर्देशन गरेका हुन्। हाल छायांकन भइरहेको फिल्म चोर र पुलिसमा नायिकाको भँमिका निर्वाह गरिरहेकी कविताले सिनेमाको छायांकनमा ब्रेक लिएर म्युजिक भिडियोलाई समय दिएको र समयको राम्रो सदुपयोग भएको बताइन्।

‘मैले सोचेको भन्दा पनि राम्रो भिडियो बन्यो’ उनी भन्छिन्। करिब एक दर्जनभन्दा बढी म्युजिक भिडियो र फिल्ममा अभिनय गरिसकेकी नायिका तथा मोडल कविता राय नेपाली कलाकारितामा राम्रो स्थान बनाउने कोसिसमा छिन्। ‘पलजीको त कुरै भएन, आपैmमा पारंगत हुनुहुन्छ। कवितालाई अभिनय गराउन पनि खासै मेहनत गर्न परेन। उनी स्टेप एकैछिनमा टिप्छिन् र सर्टका लागि रेडी हुन्छिन्’, निर्देशक हरि हुमागार्इंले भने– ‘उनको क्यामेरा फेस पनि राम्रो छ।’गायक कमल खत्रीको शब्द, संगीत र स्वर रहेको गीतले सार्वजनिक भएको छोटो समयमै युट्युब र टिकटकमा राम्रो स्थान ओगट्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्