राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुँदै



काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो ।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिबिम्बित हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ । प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र अप्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नुपर्ने सूचनामा जनाइएको छ ।

कविता र निबन्ध दुवै विधातर्फ प्रथमतर्फ ५० हजार, द्वितीयतर्फ ४० हजार र तृतीयतर्फ ३० हजार रुपियाँ नगद र प्रमाणपत्र पुरस्कार रहेको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्