अधवैंशमा मोटाउनेहरू धेरै वर्ष बाँच्ने



न्युयोर्क सिटी, (एजेन्सी) ।

हालै गरिएको स्वास्थ्यसम्बन्धी अध्ययनले जीवनभरि स्वस्थ शारीरिक बनोटमा रहेका मानिसका तुलनामा अधवैंशमा मोटाउने मानिसहरू धेरै वर्ष बाँच्ने गरेको तथ्य पत्ता लगाएको छ । तर, वैज्ञानिकहरूले बाल्यावस्थादेखि नै मोटाउँदै वयष्क बन्नेहरू भने मर्ने खतरा सबैभन्दा बढी भएको तथा जीवनभरि विस्तारै शारिरीक वजन बढ्दै जानेहरूका आयु भने लम्बिने गरेको बताएका छन् ।

विशेषज्ञहरूले स्लिम शरिर भएकाहरू भन्दा जीवनको उत्तरार्धमा वजन बढाउनेहरू दिर्घायु हुने बताउँछन् । झन्डै ७० वर्ष लामो समयभित्र अमेरिकीहरूको दुई पुस्तामाथि गरिएको सँक्ष्म अध्ययन र अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । तर, मोटोपना विरुद्धका अभियन्ताहरूले भने यस अध्ययनको परिणामलाई पछ्याउँदै जथाभावी तरिकाले मोटाउनु ठीक नभएको बताएका छन् । अमेरिकाको ओहाइयो स्टेट युनिभर्सिटीको प्राध्यापक हुई झेंगले यस अध्ययनको मुख्य सन्देश भनेको वयष्क अवस्थाको शुरूका समयमा सामान्य शारीरिक वजन भएका व्यत्तिहरू विस्तारै वजन बढाउँदै वयष्क अवस्थाको उत्तरार्धमा अत्यधिक वजन बनाउनेहरू लामो समय बाँच्ने गर्दछन् ।

प्राध्यापक झेंगले आफु र आफ्नो टोलीले फ्रामिंगम हार्ट स्टडीमा ४ हजार ५ सय ७६ र ३ हजार ७ सय ५३ गरी कँल ८ हजार ३ सय २९ व्यक्ति माथि विश्लेषण गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्