उद्योग संघले स्थानीय तहसँग सहकार्य गर्ने



बुटवल, (नेस) ।

रुपन्देही उद्योग संघले औद्योगिक विकास सम्बन्धमा सियारी गाउँपालिकासँग समन्वय गर्ने गरी अभियान थालेकोे छ । संघको आयोजनामा ‘औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया सियारी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष बाबुराम बोहोराले स्थानीय स्रोत र साधनको परिचालन गरी उद्यमशीलता विकास, रोजगारी अभिवृद्धि र व्यावसायिक विकासलाई तिव्रता दिने उद्देश्यका साथ संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो । अध्यक्ष बोहोराले कृषिको व्यावसायिकरण पर्यटन प्रवद्र्धन र उत्पादनशील वृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सियारी गाउँपालिकाका प्रमुख थारुले सियारी गाउँपालिकाको कृषि, पर्यटन र उत्पादनसँगै रोजगारी अभिवृद्धिका लागि गरिरहेको गतिविधिबारे जानकारी गराउँदै उद्यमीलाई सियारी गाउँपालिकाले गर्नुपर्ने सहजीकरण गर्न सधै तयार रहेको बताउनु भएको थियो । उहँँले सियारी गाउँपालिकामा कृषि, पर्यटन र दुधजन्य पदार्थको उल्लेख्य सम्भावना रहेको समेत बताउनु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारीले संघले थालनी गरेको अभियानले उद्यमशीलता विकासमा टेवा पुग्ने बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्