ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच सम्झौता



काठमाडौं, (नेस)  ।

स्मार्ट च्वाइस टेक्नोलोजीले बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच पु¥याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसन्स्मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेको छ ।

सम्झौतापछि ग्लोबल आइएमई बैंकका ग्राहकलाई आवश्यकता बमोजिम छिटो-छरितो, मितव्ययी र सरल ढंगले बैकिङ सेवा र सुविधाको पहुँच हुने कम्पनीले जनाएको छ । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थालाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्