पैदल यात्रीका बारेमा सोच्न जरुरी



जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो । त्यही भएर जेब्रा क्रसिङमा पैदल यात्रु ढुक्क भएर बाटो काट्न खोज्छन् । तर सवारी चालकले गति कम नगर्दा जेब्रा क्रसिङमा यात्रु सधैँ डराउनुपर्छ ।जेब्रा क्रसका लागि बनाइएका लाइट पनि कतिपय ठाउँमा काम लाग्ने छैनन् । यसले गर्दा पनि सवारी चालकले पैदल यात्रुलाई पेल्न सहज भएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार बढीमा छ महिनाको अन्तरालमा जेब्रा क्रसिङ रङ्गरोगन गर्नुपर्छ । नेपालमा भने ट्राफिक लाइट भएका ठाउँमा छ महिनाको एकचोटि र अन्यत्र वर्षको एकचोटि मात्र रङ्ग लगाइन्छ । जेब्रा क्रसिङ अभावमा पनि जथाभाबी बाटो काट्दा दुर्घटना बढ्ने गरेको छधेरैजसो पैदल यात्री ट्राफिक प्रहरीले जरिबाना गर्न थालेपछि अनुशासित भइसकेका थिए । तर अझैकतिपय पैदल यात्रुले भने जेब्रा क्रसिङ भए पनि त्यसको वास्ता नगर्ने, कसैले सम्झाउँदा पनि उल्टै गालीगलौज गरी नटेर्ने, जबरजस्ती सडक काट्ने गरेको देखिन्छ ।
फेरि जरिबानाको व्यवस्था गरेर पैदल यात्रीका लागि ट्राफिक व्यवस्थापन गर्न जरुरी छ ।

अनुशासनहीन पैदल यात्रीलाई अनुशासनपूर्वक सडक पार गर्न सिकाउने एकमात्र विकल्पका रूपमा २ सय रुपियाँ जरिबाना वा जनचेतना जगाउन केही समय ट्राफिक प्रहरीको कक्षामा राखी छाड्ने व्यवस्था फेरि गर्न जरुरी छ ।यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।
– कमल थापा

प्रतिक्रिया दिनुहोस्