आज देशभरका विभिन्न स्थानमा विद्युत कटौती (तालिकासहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

आज देशभरका विभिन्न स्थानमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२ः३० देखि ४ः३० सम्म विद्युत कटौती हुने हुँदा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थानमा बत्ति हने छैन । नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२ः३० बजेसम्म निर्माण काय हने हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा विद्युत कटौती हुने छ ।

यस्तै, प्रदेश १ को धरान वितरण केन्द्रको धरान फीडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत कटौती हुने छ । जसका कारण धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा आज बत्ती हने छैन ।

प्रतिक्रिया दिनुहोस्