खोटाङमा शान्तिपुर्ण बन्द, दिक्तेलबजार ठप्प (तस्वीरसहित)



रामधन राई, खोटाङ ।

खोटाङमा नेकपा प्रचण्ड–नेपाल पक्षको आम हड्ताल कार्यक्रमले जिल्लावासीमा प्रभाव पारेको छ । उक्त पक्षले आव्हान गरेको नेपाल बन्दको कारण दिक्तेलवजार ठप्प हुनका साथै पालिकास्तरसम्म प्रभाव परेको हो ।

नेपाल बन्दका कारण विहिवार विहानैदेखि जिल्ला भित्रिने र वाहिरिने यातायात सेवा बन्द गर्ने निर्णय ठप्प बनेको खोटाङ यातायात व्यवसायी संघका महासचिव राम हिङमाङले बताउनुभयो । हिङमाङका अनुसार नेपाल वन्दको आव्हान भएपछि संघले जिल्लाभित्र यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । ग्रामिण सडकमा समेत यातायातका साधन सञ्चालन हुन नसकेको बताईएको छ ।

बन्दका कारण जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेलवजारका पसलहरु बन्द भएका छन् । आंशिक रुपमा एक ढोका खोलिएको भए पनि किनबेच हुन नसकेको पाईएको छ ।

पार्टीले आव्हान गरेको बन्दमा सर्वसाधारण तथा बजारवासीले सहयोग गरेको कारण बन्द सफल भईरहेको नेकपा जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी)ले बताउनुभयो ।

जिल्लाका अधिकांश विद्यालय खुलाईए पनि पठन–पाठन नगराई घर फर्काईएको छ । यता, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका भने यातायात बाहेक सबै सरकारी कार्यालयहरु प्रायजसो खुला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्